धनीले २१ दिनभित्र म्याद तामेल नगरे ललिता निवासको जग्गा सरकारी हुने

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ। बालुवाटारमा रहेको ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुने भएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले सूचना निकालेर ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको छ।

अब उनीहरुले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुने सूचनामा उल्लेख छ।

४९ जनाको घर ठेगाना पत्ता नलाग्दा म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले सूचना निकालेको हो।

सूचनामा मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ। अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने उल्लेख छ।

४९ जनाको सूची :