
काठमाडौं, २३ जेठ । पछिल्ला दिनहरुमा शेयर बजारमा नयाँ-नयाँ कीर्तिमान कायम हुँदै आएका छन् । यसले शेयर लगानीकर्ताहरुमा निकै उत्साह थपिएको छ।
मुलुकमा अहिले दुई जिल्ला मनाङ र खोटाङ बाहेक ७५ जिल्लामा कोरोना संक्रमणको जोखिमको कारण निषेधाज्ञा जारी छ । लगानीका लागि तत्काल अन्यत्र मार्ग नभएपछि साना, मध्यम तथा ठूला शेयर लगानीकर्ताहरु शेयर बजारमा लगानीका लागि सकारात्मक भईदिनुले पछिल्ला दिनहरुमा नेप्से परिसूचक तथा कारोबारमा नयाँ-नयाँ रेकर्ड बन्दै आएका छन् ।
साताको पहिलो दिन आईतबार शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक तथा कारोबार दुबैले रेकर्ड बनाएका हुन । नेप्से २९०६.८९ विन्दुमा पुगेको छ । जो अहिले सम्मकै उचाईमा पुगेको विन्दु हो ।
यस्तै कारोबारमा पनि उछाल आएको छ । अहिलेसम्मकै बढी १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक ५०.१३ अंकले बृद्धि भएको छ । यसरी बृद्धि भएर २९०६.८९ विन्दुमा पुगेको छ । नेप्से १.७५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.८८ अंकले बढेर ५२०.९९ विन्दुमा पुगेको छ ।
कुल २१८ वटा कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयरको कारोबार हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको हाे । जो अहिलेसम्मकै उच्च कारोबार हो ।
१३ उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, अन्य, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।
यस्तै व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन र जीवन बीमा उपसमूहहरूको शेयर भने घटेको छ ।
काराेबारकाे आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीकाे १ अर्ब २१ कराेड १४ लाख ५६ हजार ९४६ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




