गोकर्णेश्वर नगरपालिकाले भाेलिदेखि कोरोनाविरुद्धको खोप लगाउने

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।

नगरपालिकाले भोलि (जेठ २५) देखि नगरपालिका भित्र बसोबास गर्ने ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने भएको हो।

उनीहरुलाई भेरोसिल खोपको पहिलो डोज दिइने नगरपालिकाले जनाएको छ।

खोपको लागि आफ्नो उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर जानुपर्नेछ।

नगरपालिकाले श्री सहयोगी मा.वि. ४ गोकर्ण र श्री चामुण्डा मा.वि. ६ नाराणटारमा खोप लगाउने जनाएको छ।