सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ। सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँमा घटेको छ।

सोमबार सुन तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलामा ७ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।