१.८८ अंकले बढ्यो नेप्से, कारोबार १२ अर्ब नजिक

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक १.८८ अंकले बढेको छ । यसरी बढेको नेप्से २९०८.७८ विन्दुमा पुगेको छ ।

नेप्से ०.०६ प्रतिशतले बढ्दा सेन्सेटिम इण्डेक्स भने घटेको छ । ०.४१ अंकले बढेर ५२०.६० विन्दुमा पुगेको छ ।

नेप्से मध्यान्हसम्म आउँदा ४.९४ अंकले बढेर २९११.८५ विन्दुमा पुगेको थियो । ०.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बृद्धि भई ५२०.५४ विन्दुमा पुगेको थियो ।

यो समाचार तयार पार्दा दिउँसो २ वजेसम्म २२० कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ५२ लाख ७५ हजार ५१ कित्ता शेयरको कारोबा भएको छ । ११ अर्ब ८१ करोड १२ लाख ७५ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

दिउँसो २ वजेसम्म आउँदा बैंकिङ, व्यापार र होटल तथा पर्यटन, उत्पादन र माइक्रोफाइनान्स उपसमूहमा रातो लागेको छ । बाँकी रहेका ८ उपसमूहमा हरियाली छाएको छ ।