
काठमाडौं, २४ जेठ । जेठ महिनादेखि भदौ महिनासम्मको अवधिलाई शेयर बजारमा सिजनको अवधिको रुपमा हेर्ने गरिन्छ । जेठ महिनाको अन्त्यतिर आउन लाग्दा कारोबार तथा सूचकहरुमा ऐतिहासिक रेकर्ड पनि कायम हुँदै आएका छन् ।
साताको दोश्रो दिन सोमबार मात्रै नेप्सेमा अहिलेसम्मकै उच्च १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से परिसूचक २९०० विन्दुभन्दा माथि पुगेको थियो ।
आज भने शेयर बजारमा ओपनिङ सेसनबाटै सूचकहरुमा छिनछिनमा फेरबदल हुँदै आएको देखियो । मध्यान्हसम्म दोरो अंकले बढेको नेप्सेमा शेयर बजार बन्द हुँदाको समयमा भने उल्टो दिशामा गएको देखियो । अर्थात आज नेप्से दोहोरो अंकले घटेको छ । तर कारोबार भने उत्साहजनक नै रहेको छ ।
नेप्से परिसूचक ०.२१ अंकले घटेको छ । यसरी घटेको नेप्से २९०६.७० विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.०१ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.३८ अंकले घटेर ५२०.६३ विन्दुमा पुगेको छ ।
कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ५० लाख ९३ हजार ७४१ कित्ता शेयर खरिदबिक्री हुँदा १५ अर्ब ६२ करोड ४६ लाख १८ हजार ३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ६ वटाको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स र लगानी उपसमूहहरुमा रातो लागेको छ ।
यस्तै विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्डमा हरियाली छाएको छ अर्थात सबैको शेयर बढेको छ ।
कारोबारको आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी अव्वल मानिएको छ । कम्पनीको सबैभन्दा बढी ६१ करोड ४६ लाख ५३ हजार ०४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




