महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज, प्राप्तिसम्बन्धी प्रस्ताव पारित हुने

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ । आज एकैदिन दुई लघुवित्त वित्तीय संस्थाहरुको साधारण सभा डाकिएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको साधारण सभा डाकिएको हो ।

साधारण सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तको प्राप्तिको प्रस्ताव पारित गरिने भएको छ । सभाबाट महिला सहयात्राको १०० कित्ता बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम हुने गरी प्राप्तिको प्रक्रियालाई अन्तिम स्वीकृति दिने भएको छ ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मकवानपुरस्थित केन्द्रीय कार्यालयमा पूर्वान्ह ११ वजे डाकिएको छ । यस्तै नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा संस्थाको धादिङस्थित केन्द्रीय कार्यालयमा पूर्वान्ह ११ वजे डाकिएको छ । साधारण सभा भर्चुअल हुनेछ ।

साधारण सभामा जेठ १६ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले सहभागिता जनाउन पाउने छन् ।