साल्ट ट्रेडिङको बिक्री कक्ष दुई घण्टामात्र खुल्ने

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मंगलबारदेखि बिहान दुई घण्टामात्र बिक्री कक्ष खोल्न थालेको छ ।

साल्ट ट्रेडिङले अघिल्लो मंगलबार निषेधाज्ञाभर खाना पकाउने एसटीसी ग्यास, भटमासको तेल, नुन, चिनी र पिठोमा २० प्रतिशत छुट दिने घोषण गर्दै बिक्री कक्ष खुला गरेको थियो ।

यो घोषणासँगै बिक्री कक्षमा पुग्नेको भिड बढेपछि कोरोनाको जोखिम बढेको भन्दै साल्ट ट्रेडिङले आजदेखि बिहान दुई घण्टामात्रै कक्ष खोल्ने निर्णय गरेको हो ।

अब बिहान ७ देखि ९ बजेसम्म मात्र साल्ट ट्रेडिङको बिक्री कक्ष खुला हुनेछ ।