नेप्से परिसूचक २०.५९ अंकले बढ्यो, ८ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक यात्रामा हिंडेको छ । नेप्से परिसूचक २०.५९ अंकले बृद्धि भएर २९८०.७३ विन्दुमा पुगेको छ ।

सूचकहरुमा छिनछिनमा दृश्य परिवर्तन पनि हुन सक्ने अवस्था भने कायम हुन्छ । नेप्से ०.७० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०३ अंकले बढेर ५३१.१३ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २१२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५८ लाख २२ हजार ४५१ कित्ता शेयरको कारोबारबाट ८ अर्ब ८७ करोड बढीको कारोबार भएको छ ।

दिनको १ वजेसम्म बैकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहमा हरियाली छाएको छ । विकास बैंक, हाईड्रोपावर, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूहमा रातो लागेको छ ।