बिहीबारको विनिमय दर : कुनको कति ?

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ जेठ। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी विनिमय दर तोकेको छ।

राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ४७ पैसा र बिक्री दर ११७ रुपैयाँ ०७ पैसा तोकेको छ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ९६ पैसा र बिक्री दर १४२ रुपैयाँ ६९ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ १४ पैसा र बिक्री दर १६५ रुपैयाँ ९९ पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०९ रुपैयाँ र बिक्री दर ३१० रुपैयाँ ६० पैसा, कुवेती दिनार १ को खरिद दर ३८७ रुपैयाँ २४ पैसा र बिक्री दर ३८९ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ७१ पैसा र बिक्री दर ३१ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७४ पैसा र बिक्री दर ३ रुपैयाँ ७६ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ९९ पैसा र बिक्री दर ३२ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ६ पैसा र बिक्री दर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ।