अमेरिकाले २०२२ भित्र सय देशलाई ५० करोड फाइजर खोप उपलब्ध गराउने

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



अमेरिकाले सन् २०२२ भित्र विभिन्न एक सय देशलाई ५० करोड फाइजर खोप उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षमा ५० करोड फाइजर खोपको मात्रा सय देशलाई उपलब्ध गराउने भएको अन्तर्राष्ट्रिय संचार मध्यमले जनाएका छन् ।

जसअनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण हुने खबरमा उल्लेख छ ।

अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ।

तर ह्वाइट हाउसले भने ५० करोड खोपको वितरणबारे आधिकारिक रुपमा केही खुलाएको छैन ।

अमेरिकालाई गरिव देशमा कोरोनाविरुद्धको खोप सघाउन दबाब परिरहेको छ ।