मुम्बईमा घर भत्कँदा ११ को मृत्यु, ७ जना घाइते

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



भारतको मुम्बईमा एउटा घर भत्कँदा ११ जनाको मृत्यु भएको छ ।

७ जना घाइते भएका छन् । १८ जनाको उद्धार गर्दा ११ जनाको मृत्यु भएको छ।

बुधबार राति ११ बजेतिर मुम्बईको मलाड पश्चिममा एउटा घर भत्किएको भारतीय संचार माध्यमले जनाएका छन् ।

घर भत्किएपछि आसपासका तीन घर पनि खाली गराइएको छ ।

घाइतेलाई अस्पताल पुर्याइएको खबरमा उल्लेख छ ।

बुधबार भारी वर्षा भएपछि घर भत्किएको अनुमान गरिएको छ ।