
काठमाडौं, २८ जेठ। सरकारले निषेधाज्ञाको अवधिमा ११ अर्ब रुपैयाँ बराबरको तयारी औषधीसहितको कच्चा पदार्थ आयात भएको जनाएको छ।
वैशाख १६ गतेदेखि जेठ २३ गतेसम्ममा ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँको औषधीजन्य पदार्थ, ४ अर्ब ९६ करोड १७ लाख रुपैयाँको तयारी औषधी र १ अर्ब ४९ करोड ५ लाख रुपैयाँको औषधीको कच्चा पदार्थ आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
कोरोनाको संक्रमण बढ्दै गएपछि बजारमा औषधीको माग बढेकाले सबै भन्दा धेरै औषधी आयात भएको हो। सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकामा बैशाख १६ देखि निषेधाज्ञा जारी गरेको छ भने अरु जिल्लामा त्यसअघि र पछि निषेधाज्ञा जारी भएका छन्।
निषेधाज्ञाकै बीचमा खाद्यान्न, दाल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोल उल्लेख्य रुपमा आयात भएको मन्त्रालयको तथ्याङक छ। सो अवधिमा २ लाख ६७ हजार ४ सय ५ मेट्रिक टन खाद्यान्न आयात भएको छ।
यस्तै २९ हजार ८ सय ४५ मेट्रिक टन दाल/गेडागुडी, ४६ हजार १ सय ४५ मेट्रिक टन तरकारी, ३१ हजार ४ सय ४ मेट्रिक टन फलफूल, २ सय २८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ। यसैगरी ४६ हजार ९ सय ७८ मेट्रिक टन एलपी ग्यास, १ लाख ३२ हजार ४ सय ८ किलोलिटर डिजेर ४२ हजार ६ सय ६२ किलोलिटर पेट्रोल आयात भएको छ।
मन्त्रालयले खाद्यान्न लगायत वस्तु आयातमा कुनै समस्या नभएको भन्दै मौज्दात नराख्न सबैसँग अनुरोध पनि गरेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




