आइतबारको विनिमय दर : कुनको कति ?

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० जेठ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ।

राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ २२ पैसा तोकेको छ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा तोकेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०९ रुपैयाँ ३२ पैसा र बिक्री दर ३१० रुपैयाँ ९२ पैसा, कुवेती दिनार १ को खरिद दर ३८७ रुपैयाँ ७३ पैसा र बिक्री दर ३८९ रुपैयाँ ७२ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ७५ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७५ पैसा र बिक्री दर ३ रुपैयाँ ९१ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ५१ पैसा र बिक्री दर ३२ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ १० पैसा र बिक्री दर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ।