१० महिनामा २७ बैंकले गरे ५५ अर्बभन्दा बढी खुद नाफा

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० जेठ। चालु आर्थिक वर्षको १० महिनामा २७ वटा बैंकले ५५ अर्बभन्दा धेरै खुद नाफा गरेका छन्।

नेपाल राष्ट्र बैंकले नबिल, ग्लोबल आईएमई, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट लगायत २७ वटा बैंकले ७९ करोड २८ लाख बराबर खुद नाफा गरेका हुन्।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंकले ४ अर्ब ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

१० महिनामा ग्लोबल आईएमई बैंक, ३ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउँदै दोस्रो स्थानमा छ।

यस्तै तेस्रो स्थानको एनआईसी एशिया बैंकले ३ अर्ब ३६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाउँदा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

पाँचौं स्थानको नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब १७ करोड रुपैयाँ छ।