सुनको मूल्य तोलामा ६ सय घट्यो

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० जेठ । हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।

आइतबार सुन तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ६ सय रुपैयाँ नै बढेर सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि भाउ घटेको महासंघले जनाएको छ ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थिर छ ।

आइतबार चाँदी तोलाको १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।