
पोखरा,३० जेठ । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा र महासंघ कास्की शाखा अध्यक्ष विमला भण्डारीलाई संयुक्त रुपमा औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पाण्डे, महासचिव केशरी तिवारी, जिल्ला अध्यक्ष विक्रम पन्तले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।
औषधी व्यवसायी संघले सर्जिकल मास्क, सेनिटाइज, भिटामिन ट्याव्लेट, सिटामोल, जिंक चक्की उपलव्ध गराएका छन् । फिल्डमा खटिनेदेखि कोरोना भई आइसोलेसनमा वसिरहेका पत्रकारहरुलाई समेत लक्षित गरी सहयोग उपलव्ध गराएका छन् ।
स्वास्थ्य सामग्री हस्तान्तरणका क्रममा वोल्दै औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेले अग्र पंक्तिमा खटिने पत्रकारहरुलाई सुरक्षित राख्ने धेयले व्यवसायीहरुको सहयोगमा स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराइएको वताए । सामग्री ग्रहण गर्दै महासचिप गोविन्द सुवेदी र जिल्ला अध्यक्ष विमला भण्डारीले धन्यवाद व्यक्त गरेका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




