सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ जेठ। सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा जुटेका छन्।

असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा जुटेका हुन्।

चालु आर्थिक वर्षकै लागि विनियोजन भएका योजनामा खर्च बढाउन नसकेका धेरैजसो प्रदेशले यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ।

गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम पेश हुँदैछ।

संघीय सरकारले बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएपछि सबै प्रदेशले यसैलाई पछ्याउने देखिन्छ।