४ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ जेठ। एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीको सेयरमा आज बेलुकीसम्म आवेदन दिन सकिनेछ।

४ वटा कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन भएकाले आज कार्यालय समयभित्र आवेदन दिन सकिने बैंकले जनाएको हो।

बैंकका अनुसार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार २ सय ७० कित्ता संस्थापक समूहको सेयर, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० हजार ४१८ कित्ता संस्थापक सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख २७ हजार ५ सय ९५ कित्ता र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको थियो।

यी सबै कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।