
काठमाडौं, ३१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचाैरमा आयोजना गरिएको छ । कम्पनीको तेश्रो वार्षिक साधारण सभामा आइपीओ निष्काशनका लागि संचालक समितिले प्रस्ताव गरेको विशेष प्रस्तावलाई पारित गरिदैंछ ।
आइएमई लाइफको प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने तयारी भएको छ । साधारण सभामा आइपीओ निष्काशनको प्रस्तावसहित वार्षिक प्रतिवेदन, नाफा नोक्सानको हिसाब, वित्तीय विवरण लगायतका विषयमा छलफल गरी पारित गरिदैंछ ।
साधारण सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल गर्ने निर्देशन पाएमा त्यसका लागि फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई दिन स्वीकृत गर्ने भएको छ ।
यस्तै संस्थापक शेयरधनी एकश मनी ट्रान्सफरबाट प्रतिनिधित्व गर्ने संचालक दीपक शर्माको स्थानमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठलाई कम्पनीको संचालकमा नियुक्त गरेकोमा त्यसलाई अनुमोदन गर्दैछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




