मंगलबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असार । साताको तेश्रो दिन मंगलबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि छापावाला सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्यमा भने १० रुपैयाँले गिरावट भएको छ । चाँदी आज प्रतितोला १ हजार ३५५ रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।