
काठमाडौं, १ असार । एनआईसी एशिया क्यापिटल लिमिटेडले असार १० गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने तयारी गरेकाे छ ।
अहिले धितोपत्र बजारमा लगानीकर्ताहरुको म्युचअल फण्डमा आकर्षण भईरहेको सन्दर्भमा एनआईसी एशिया क्यापिटले ‘एनआईसी एशिया सेलेक्ट ३०’ निष्काशन गर्ने भएको हो । यसले लगानीकर्ताहरूमा लगानीकाे अवसर जुटेकाे छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निकाष्शन तथा बिक्रीका लागि ल्याउन लागेको हो ।
क्यापिटलका अनुसार यो ७ वर्षे बन्दमुखी योजना रहेको छ । उक्त फण्डको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकका लागि छुट्याईएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले कम्तिमा १०० इकाईदेखि १ करोड इकाईका लागि आवेदन सक्नेछन् ।
उक्त फण्डको लागि असार १० गतेबाट आवेदन पेश गर्न सकिने भएको छ । छिटोमा असार १४ गतेसम्म आवेदन पेश गर्न सकिने भएको छ । उक्त मितिभित्र माग बमोजिमको आवेदन पेश नभएको खण्डमा ढीलोमा असार २४ गतेसम्म आवेदन गर्न सकिने भएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




