३.७२ अंकले घट्यो नेप्से, कारोबारमा देखियाे नेपाल पुनर्बीमा कम्पनी अब्बल

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असार साताको तेश्र दिन मंगलबार शेयर बजार ओरालोतिरको यात्रामा गएको छ । नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा पुगेको छ । नेप्से ०.१२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंकले बढेको छ । जो ५५०.२६ विन्दुमा पुगेको छ ।

कुल २२६ कम्म्पनीको शेयर कारोबार भएको छ । ३ करोड ९४ लाख ८ हजार ८५३ कित्ता शेयरको खरिदबिक्रीबाट कारोबार हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १३ उपसमूहमध्ये ८ वटा उपसमूहरु राताम्मै भएका छन् । बाँकी ५ वटामा हरियो लागेको छ ।

बैंकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको शेयर घटेको छ ।

यस्तै होटल तथा पर्यटन, उत्पादन, अन्य, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।

कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ७६ करोड १२ लाख ५ हजार ८२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।