नेप्सेमा दोहोरो अंकको गिरावट, १० उपसमूह राताम्मै

-



     सफल आवाज    
     असार २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ असार । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १६.४४ अंकले घटेको छ । यसरी घटेको परिसूचक ३००५.६६ विन्दुमा पुगेको छ ।

दिउँसाे १२.४६ मा यो समाचार तयार पार्दासम्म नेप्से ०.५४ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इन्डेक्स १.०२ अंकले घटेर ५४९.४ विन्दुमा पुगेको छ ।

२१० वटा कम्पनीको कारोबार भएकाे छ । १ करोड १२ लाख ३१ हजार ५६७ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ५० करोड २ लाख १३ हजार ४६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक बाँकी सबै १० उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।