रिलायबल लाइफकाे साधारण सभा आज, आइपीओ निष्काशनको प्रस्ताव पारित हुँदै

-



     सफल आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तेश्रो साधारण सभा आज हुँदैछ । काठमाडौं ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ वजे बालाईएको साधारण सभा अनलाइन माध्यमबाट हुँदैछ ।

साधारण सभामा कम्पनीको संचालक समितिले प्रस्ताव गरेको आइपीओ निष्काशन लगायतका विषयमा छलफल गरी पारित गरिने भएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह तथा वित्तीय विवरण लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता निष्काशन गर्ने तयारी गरेको छ । आइपीओ जारी भएपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्ने भएको छ ।