लगातार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ असार । लगातार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन बिहिबार छापावाला सुनमा रुपैयाँ ११०० ले घटेको छापावाला सुनको मूल्यमा शुक्रबार पनि रुपैयाँ १२०० ले घटेको छ । बिहिबार रुपैयाँ २० ले घटेको चाँदीमा शुक्रबार ३५ रुपैयाँ घटेको छ ।

असार लागेपछि नेपाली बजारमा सुनको मूल्यमा गिरावट भईरहेको छ । सुनमा २४०० रुपैयाँले घटेको पाईएको छ भने चाँदीमा ६० रुपैयाँ घटेको पाईएको छ ।

शुक्रबार १२०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार सुन प्रतितोला ११०० ले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा ३५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।