
पोखरा, ४ असार । पोखराको चरक मेमोरियल हस्पिटलले क्याथ ल्याब सेवा विस्तार गर्ने भएकाे छ । हस्पिटलले यही असार ६ गतेबाट क्याथ ल्याब सेवा सुरु गर्ने भएको हाे ।
साे सेवा शुरू भएपछि चरकले एन्जियोग्राफी, पीटीसीए, स्टेन्टिङ, पेसमेकर प्रत्यारोपण सहित मुटुरोग सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्नेछ । हस्पिटलले निकट भविश्यमा बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरेको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए।
हस्पिटलको पहिलो प्राथमिकता भनेकाे बिरामी बचाउनु हो। बिरामीको रोगको प्रकृति र आवश्यकताको आधारमा उपचार अगाडि बढाउँछौं । चरकप्रति सेवाग्राहीकाे बढ्दाे बिश्वासले हामीलाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न अझैं हाैसला थपेकाे छ, प्रबन्ध निर्देशक पोखरेलले भने।
अस्पतालमा हाल आईसीयू १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभए पनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ ।

आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै सबै प्रकारका उपचार सुविधा दिइरहेको अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा बद्री पौडेलले सफल आवाजलाई बताए।
चरक गण्डकी प्रदेशमै अस्पताल बिल्डिङमै हेलिप्याड भएको पहिलो अस्पताल हो । कोभिड–१९ को सन्त्रास कायम रहँदा कतिपय अस्पतालले अस्पताल गेटबाटै बिरामी फर्काउने गरेकोमा चरकले भने सुरुवातदेखि नै फिभर क्लीनिक संचालन गर्दै सबै प्रकारका रोगका बिरामीको उपचार दिँदै आएको थियाे ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




