
काठमाडौं, ६ असार । एनआईसी एशिया बैंकले आजदेखि ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन गर्न लागेको छ । उक्त ऋणपत्रको समयावधि १० वर्ष सम्मका लागि रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेकाे हो । उक्त ऋणपत्रबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बैंकले बिक्री गर्नेछ ।
लगानीकर्ताले चाँडोमा असार ९ गते तथा ढीलोमा असार २० गतेसम्म आवेदन दिन सक्नेछन । असार ९ सम्म माग बमोजिमको आवेदन परेको खण्डमा त्यसपछि आवेदन लिईने छैन ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री पबन्धक सनराइज क्यापिटल लिमिटेड तोकिएको छ । लगानी गर्न इच्छुक लगानीकर्ताले सि आस्वा सदस्य रहेका बैंक तथा वित्रीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




