
सिरहा, ६ असार । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री राजकिशोर यादवले आर्थिक क्रान्तिका लागि औद्योगिक क्षेत्रको विस्तार र विकास आवश्यक रहेको बताएका छन् । जिल्ला उद्योग वाणिज्य संघ, सिरहाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले औद्योगिक क्षेत्रको विस्तार र विकासले मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको भन्दै उनले आफू अहिले यसैप्रति केन्द्रित रहेको बताए ।
यसका लागि आफूले सञ्चालित उद्योगहरुलाई व्यवस्थित एवं पारदर्शी, देशमा बन्द अवस्थामा रहेका पुराना उद्योगलाई पुनर्जीवन र थप नयाँ उद्योगहरु स्थापना गर्ने लक्ष्यसहित गृहकार्य अगाडी बढाएको मन्त्री यादवले बताए ।
उद्योगी व्यवसायीहरुको सुरक्षाको जिम्मेवारी राज्यको रहेको र यसमा राज्यले कुनै कसर बाँकी नराख्ने भन्दै उनले औद्योगिक क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । देशमा व्यावसायिक हकहित र उद्योगमैत्री वातावरण निर्माणका लागि राज्य गम्भीर रहेको भन्दै बिना हिच्किचाहट मुलुक भित्रका र बाहिरका लगानीहरुकर्ताहरुलाई औद्योगिक क्षेत्रमा बढीभन्दा बढी लगानी गर्न उनको आग्रह छ ।
तर, सरकारी मापदण्ड उल्लंघन गर्नेलाई भने छुट नहुने पनि मन्त्री यादवले बताए । बिना अनुशासन कुनै पनि मिसन सम्भव भएको इतिहास नरहेको भन्दै उनले देशमा औद्योगिक विकासका लागि राज्यमात्र गम्भीर भएर नहुने भएकाले उद्योगी व्यवसायी पनि गम्भीर हुनुपर्ने तर्क उनको छ । उद्योगी व्यवसायीहरु राज्यको औद्योगिक विकास एवं विस्तारको अभियानमा सच्चा मनले योगदान गरे राज्य अभिभावकत्व प्रदान गर्ने बाचा उनले गरे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




