प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, लगानीकर्ताले कति पाउने भए बोनस ?

-



     सफल आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित



बारा, ६ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरको लाभांश पारित भएको छ । आइतबार होटल इच्छा प्राइभेट लिमिटेड सिमरामा बसेको उन्नाइसौं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभामा संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने तथा सर्वसाधारण शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याउने प्रस्ताव समेत पारित भएको छ । यस अघि कम्पनीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशत रहेको थियो ।

कम्पनीले यसअघि जेठ २ गते आह्वान गरेको सभा कोभिड संक्रमणका कारण स्थगित भएपछि पुनः असार ६ गते आइतबार आह्वान गरिएको थियो ।