
काठमाडौं, ६ असार । केहि दिन पहिले धितोपत्र बोर्डको ५१ कम्पनीको चलखेलको कारण शेयरको मूल्य बढेको सूचना प्रकाशन भएपछि सन्तुलन गुमाउँदै आएको नेप्सेमा साताको पहिलो दिन आईतबार दोहोरो अंकको गिरावट देखिएको छ । लगानीकर्ताहरूले नेप्सेमा पहिराे गएकाे महशुस गरेका छन् ।
कारोबार रकम ठिकठिकै भएपनि सूचकांकहरुमा देखिएको ऋणात्मक तथ्यांकिय दृश्यले लगानीकर्ताहरुको जोश, जाँगर र उत्साहलाई घटाईदिएको प्रष्टै देखिन्छ । १३ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।
शेयर बजार बन्द हुँदासम्म आउँदा नेप्से ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा पुगेर रोकिएको छ । नेप्से २.१३ प्रतिशतले घट्दा सेन्सेटिभ इडेक्स १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा पुगेको छ ।
कुल २३१ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयरको कारोबारबाट ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ बराबरको करोबार भएको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा कम्पनी उपसमूहहरु राताम्मै भएका छन् । यस्तै उत्पादन अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।
कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनीको ८० करोड २९ लाख १६ हजार ८९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




