
काठमाडौं, ७ असार । नारायणी डेभलपमेन्ट बैंकले एक बराबर एक (१:१) अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि बेंकलाई नेपाल धितोपत्र बोर्डको अनुमति चाहिन्छ ।
बैंकले धितोपत्र बोर्डसँग १३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ । बैंकले एक बराबर एक अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
हकप्रद निष्काशनका लागि बैंकले असार ४ गते शुक्रबार आवेदन दिएको बोर्डले जनाएको छ । समस्याग्रस्त भई राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेको बैंकले विद्यमान पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेपछि कमजोर वित्तीय अवस्थाका कारण राष्ट्र बैंकले एक बराबर एक अनुपातमा मात्र हकप्रद जारी गर्न स्वीकृति दिएको थियो ।
केन्द्रीय बैंकको स्वीकृति पश्चात बैंकले बोर्डसँग हकप्रद जारी गर्न अनुमति मागेको हो । हाल १३ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद बिक्रीपश्चात २६ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




