सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

-



     सफल आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असार । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । सो भाइरसले सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्णमा सचेत गराएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी वैशाख २६ देखि जेठ २० सम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमूना भारतको नयाँ दिल्लमिा परीक्षणको लागि पठाइकोमा जिनोमिक पहिचान गर्दा ४७ नमुनामा डेल्ना भेरियट र एउटामा अल्फा भेरियन्ट पुष्टि भएको छ । ४७ डेल्टा भेरियन्ट पुष्टिमध्ये ९ मा थप उत्परिवर्तन सहित नयाँ भेरियन्ट भेटिएको छ जसलाई मन्त्रालयले एवाई१ नाम दिएको छ।

यो म्यूटेसन नेपालमा नेपालसहित संसारका १० मुलुकमा पहिचान भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अनुसन्धानबाट पाइएकोले बढी सतर्कता अपनाउन मन्त्रालयले अपील गरेको छ।