निरन्तर सुनचाँदीको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ असार । काठमाडौं, ८ असार । साताको तेश्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा रुपैयाँ ६०० ले र चाँदीमा ५ रुपैयाँले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा सामान्य रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअभिघ सोमबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।