
काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको लगानी योग्य १ अर्ब ५ करोड रुपैयाँ ३६६ दिन १ वर्ष लगानीका लागि प्रस्ताव आव्हान गरेको छ ।
बैंकले वर्गका वाणिज्य बैंकहरुमा ८४ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १५ करोड ७५ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ५ करोड २५ लाख गरी कुल १ अर्ब ५ करोड लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले तोकिएका शर्तहरुमा रहेर बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिज चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर २०७८ असार २१ गतेदेखि २०७९ साल असार २१ गतेसम्म १ वर्ष मुद्यती निक्षेपको रुपमा लिन चाहेको रकमको विवरण खुलाएर २०७८ असार ९ गतेसम्म बोलकबोल पेश गर्न आव्हान गरेको छ । बैंकले लिन चाहेको रकमको ब्याज मासिक रुपमा बुझाउनु पर्ने जनाएको छ ।
रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले संचालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने छ ।
यस्तै खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा, स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनु पन लगायतका शर्तहरु रहेका छन् ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




