१ अर्बको ‘एनआईसी एशिया सेलेक्ट ३०’ मा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असार १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० असार । एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिने ‘एनआईसी एशिया सेलेक्ट ३०’ मा आजदेखि आवेदन खुल्ला भएको छ ।

धितोपत्र बजारमा लगानीकर्ताहरुको आकर्षण म्युचअल फण्डमा भईरहेको सन्दर्भमा एनआईसी एशिया क्यापिटलले ल्याएको ‘एनआईसी एशिया सेलेक्ट ३०’ ले लगानीकर्ताहरुमा पक्कै पनि उत्साह थप्नेछ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निकाष्शन तथा बिक्रीका लागि ल्याएको यो ७ वर्षे बन्दमुखी योजना हो ।

क्यापिटलका अनुसार उक्त फण्डको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकका लागि छुट्याईएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताले कम्तिमा १०० इकाईदेखि १ करोड इकाईका लागि आवेदन सक्नेछन् ।

आजबाट आवेदन पेश गर्न सकिने उक्त फण्डका लागि छिटोमा असार १४ गतेसम्म आवेदन पेश गर्न सकिने भएको छ । सो मितिभित्र माग बमोजिमको आवेदन पेश नभएको खण्डमा ढीलोमा असार २४ गतेसम्म आवेदन गर्न सकिने भएको छ ।

लगानीतर्काहरुले नेपाल धितोपत्र बोर्डबाट सि-आस्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु, शाखा कार्यालयहरु र मेरो शेयर एपबाट आवेदन दिन सक्ने भएका छन् ।