
काठमाडौं, १० असार । निषेधाज्ञापछि बैंकहरुको कर्जा लगानी तथा निक्षेप संकलन दुबै सुस्ताएको छ । नेपाल बैंकर्स संघले दिएको तथ्यांक अनुसार निषेधाज्ञा पछि असार पहिलो सातासम्म बैंकहरले जम्मा ५६ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन् ।
संघले दिएको जानकारी अनुसार निषेधाज्ञा जारी भएयता ४ असारसम्म ५६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यस अवधिमा निक्षेप भने ६८ अर्ब रुपैयाँ संकलन भएको बैंकर्स संघले बताएको छ ।
यसले बैंकको कर्जा लगानी तथा निक्षेपत्र संकलन दुबै धेरै राम्रो हुन नसकेको संघको ठहर छ । तर निषेधाज्ञा अवधि भएकाले बैंकहरुले यसलाई सामान्य रुपमै बुझ्नु पर्ने बताएका छन् । ‘क’ वर्गका बैंकहरुमा १७ वैशाखसम्म ३९ खर्ब २३ अर्ब निक्षेप थियो भने ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको थियो ।
४ असारसम्म यो बढेर निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । कर्जा लगानी भने ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । कोरोनाको दोस्रो लहरको त्रास पछि सरकारले१६ वैशाखमा निषेधाज्ञा जारी गरेको थियो । त्यसयता ‘क’ बैंकहरुको कर्जा लगानी सुस्तायो । तर कर्जासँगै निक्षेपमा पनि धेरै राम्रो आकर्षण देखिएको छैन ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




