२०१६ संक्रमित, ४९१४ निको

-



     सफल आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित



काठमाडाै, १२ असार । विगत २४ घण्टामा देशभर २ हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९ हजार ८ सय १० परीक्षणमा २ हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल ६ लाख ३२ हजार ३ सय २६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ।

सङ्क्रमण मुक्त भई शनिबार ४ हजार ९ सय १४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।

यस्तै विगत २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन् । अहिलेसम्म सङ्क्रमणका कारणले ८ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

संङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा रहेका छन् ।