
काठमाडौं, १३ असार । अपि पावर कम्पनीको हकप्रद शेयरको लागि आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गएको जेठ २० गतेबाबाट ०.२९३८ अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।
शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली, मुक्तिनाथ विकास बैंक र तोकिएका शाखाहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी तथा जनकपुरमा आवेदन पेश गर्न सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाड अनुमति लिएका सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन गर्न सकिने भएको छ ।
१ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्ने भएको छ । कम्पनीले यसअघि पनि गत कार्तिक १४ गते ५६ करोड ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




