आईतबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असार १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ असार । साताको पहिलो दिन आईतबार सुनचाँदीकाे मूल्य उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्यमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।