राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १४ असार । राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेकाे छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंगलबार बुक क्लोज गर्ने भएकाे छ ।

नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु नै लाभांशका लागि योग्य मानिने छन् ।

कम्पनीको साधारण सभा असार २९ गते काठमाडौंस्थित कम्पनीकाे केन्द्रीय कार्यालयमा डाकिएको छ । साधारण सभा पूर्वान्ह ११ वजे बोलाईएको छ । कम्पनीका अनुसार साधारण सभा अनलाईमार्फत हुने भएको छ ।

साधारण सभाबाट कम्पनीको संचालक समितिले यसअघि प्रस्ताव गरेको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

यस्तै कम्पनीको प्रबन्धपत्र, नियमावलीमा संशोधनको आवश्यक्ता परेको खण्डमा त्यसका लागि परिमार्जन गर्ने भए त्यसको जिम्मा संचालन समितिलाई दिने प्रस्तावलाई पारित गरिने भएको छ ।