सोमबार सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असार । साताको दोश्रोे दिन सोमबार सुनचाँदीकाे मूल्य स्थिर रहेको छ । आईतबार छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन स्थिर रहि प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन स्थिर रहि प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहि प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।