
काठमाडौं, १४ असार । पछिल्लो समयमा लगानीकर्ताहरुको आकर्षण शेयर बजारमा देखिएको छ । उसाे त लगानीकर्ताहरूकाे लागि कोरोनाको पहिलो तथा दोश्रो वर्षकाे कहरको बेलामा लगानीका लागि शेयर बजारभन्दा अर्को भरपर्दो क्षेत्र तत्कालको लागि छैन ।
शेयर बजारमा लगानीका लागि नयाँ-नयाँ लगानीकर्ताहरुको प्रवेश पनि भईरहेको छ । यसैमा पूराना खेलाडीहरु बजारको सुक्ष्म अध्ययन गर्दै लगानीमा निरन्तर लागिरहेका छन् । अहिले लगानीको सहज उपाए अनलाइन पनि भईदिएकोले स्वदेश तथा विदेशबाट शेयर बजारमा लगानी भईरहेको पाईन्छ । विदेशबाट रेमिट्यान्स पठाउनेहरु पनि यस क्षेत्रमा देखिएका छन् ।
लगानीको ओईरो लाग्ने गरेको र तोकिएको मितिभन्दा अगावै मागभन्दा बढी आवेदन पर्ने गरेको कुरा अब नौलो भएन । पछिल्लो पटक जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे आइपीओमा यस्तै देखिएको छ । लगानीकर्ताहरुको सहभागिता अहिलेसम्मकै बढी देखिएको छ । अर्थात शेयर बजारमा नयाँ रेकर्ड बनेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । आइपीओका लागि १८ लाख ४७ हजार ५१ जनाले आवेदन पेश गरेको पाईएको छ । सोमबार बेलुकासम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ताका लागि आवेदन पेश भएको छ ।
यसअघिको तथ्यलाई नियाल्ने हो भने ज्योती लाइफ इन्स्योरेन्सको आइपीओमा रेकर्ड कायम भएको थियो । कम्पनीको आइपीओमा १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । तर यो रेकर्डलाई ब्रेक गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमा १५.१० गुणा बढी आवेदन परेको छ । आइपीओमा आवेदन दिने समय मंगलबारसम्म बाँकी रहेकोले अझैं बढ्ने संभावना जिबितै रहेको छ ।
जीवन विकास लघुवित्तले असार ११ गतेबाट १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कुल इकाईबाट ३० हजार ४२० कित्ता कर्मचारीका लागि र सामुहिक लगानी कोषका लागि ९८ हजार ८६५ कित्ता शेयर रहेको छ । सर्वसाधारणका लागि १८ लाख ४८ हजार १५ कित्ता रहेको छ । लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।
कम्पनीको बि क्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




