मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ असार । साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य ९० हजार १०० कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ ५ ले घटेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा काराेबार भएकाे थियाे ।