नेप्से दोहोरो अंकले घट्याे, साढे १ अर्बको कारोबार

-



     सफल आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ असार । मंगलबार प्रि ओपसन सेसनमा शेयर बजारले सकारात्मक लय पकडे पनि मध्यान्नमा आउँदा भने दोहोरो अंकले गिरावट आयो । ४.८४ अंकले बृद्धि भएको नेप्से परिसूचक २८८०.३४ विन्दुमा पुग्यो ।

मध्यान्हमा भने नेप्से परिसूचक १३.३२ अंकले घटेर २८६२.१७ विन्दुमा पुगेको छ । नेप्से ०.४६ अंकले घट्दा सेन्सेटिभ इण्डेक्स ३.६५ अंकले घटेर ५२९.९२ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २०८ वटा कम्पनीको कारोबार भएको छ । ३१ लाख ३२ हजार ४९५ कित्ता शेयरको कारोबार भएको छ । यसबाट १ अर्ब ६१ करोड १९ लाख ४२ हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन, उत्पादन र माइक्रोफाइनान्स बाहेक बाँकी १० वटै उपसमूहहरू राताम्मै भएका छन् ।