मंगलबार शेयर बजार राताम्मै, कारोबार रकम पनि घट्यो

-



     आरजू विष्ट सल्यानी    
     असार १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ असार । सोमबार दोहोरो अंकले उकालो लागेको शेयर बजार मंगलबार ओरालो लागेको छ ।

झण्डै दुई हप्ता धितोपत्र बोर्डको बिज्ञप्तिको कारण नकारात्मक दिशामा गएको नेप्से अब त सकारात्मक लयमा फर्किन लागेको होकि भन्ने साेमबारकाे परिसूचकले त्यस्ताे लागेकाे भएपनि आजको दृश्यले लगानीकर्ताहरुमा पुनः निरासा जगाएको छ ।

शेयर बजार बन्द हुँदाको समयसम्म आउँदा नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८.०० विन्दुमा पुगि रोकिएको छ । नेप्से १.६५ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा पुगेको छ ।

कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये एक मात्र उपसमूह माइक्रोफाइनान्सको शेयर बढेको छ । बाँकी १२ वटै उपसमूहरु राताम्मै भएका छन ।

बैकिङ, व्यापार, होटक तथा पर्यटन, सिवकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरु सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी राधी जलविद्युत कम्पनीको ४९ करोड ८३ लाख २५ हजार ९५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रि-ओपसन सेसनमा शेयर बजारले सकारात्मक लय पकडेपछि लगानीकर्ताहरुमा बजार सकारात्मक सन्तुलन कायम हुने आशा गरेको भएपनि मध्यान्नपछि आउँदा दोहोरो अंकले गिरावट आयो । मध्यान्ह अघि ४.८४ अंकले बृद्धि भएको नेप्से परिसूचक २८८०.३४ विन्दुमा पुगेको थियो ।

मध्यान्हमा नेप्से परिसूचक १३.३२ अंकले घटेर २८६२.१७ विन्दुमा पुगेको थियो । नेप्से ०.४६ अंकले घट्दा सेन्सेटिभ इण्डेक्स ३.६५ अंकले घटेर ५२९.९२ विन्दुमा पुगेकाे थियाे । त्यसपछि लगातार बजार बन्द हुँदाको अवधिसम्म नेप्सेको यात्रा ओरालोतिरै कायम रह्यो ।