बुधबार ह्वात्तै घटयो सुनचाँदीको मूल्य

-



     सफल आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा सामान्य १० रुपैयाँले गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार दुई सय ९० रूपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।