माछापुच्छ्रे बैंकले पायो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अनुमति

-



     सफल आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिका लागि ८.५० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशनको अनुमति पाएको छ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो ।

प्रतिकित्ता १ हजार अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्काशनको अनुमति पाएपछि बैंक यसको तयारीमा लागेको छ । बैंकका अनुसार १२ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । १८ लाख कित्ता भने व्यक्तिगत रुपमा विभिन्न संघ संस्थाहरुको लागि बिक्री गरिने छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।