
पोखरा, १९ असार । काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले पोखरामा शाखा शुभारम्भ गरेको छ । संस्थाको यो पहिलो शाखा हो । उद्घाटनकै दिन ५ करोड निक्षेप संकलन भयो।
सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्थाहरु आबद्ध भई ५ करोड निक्षेप संकलन भएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए ।
हब कोअपरेटिभले सहकारीहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछ्र्यौट सेवा, क्लियरिङ, मोबाइल बैंकिङ, बैंक एवं सहकारीबिच रकमान्तरण र बिलहरु भुक्तानीका सेवाहरु उपलब्ध गराइरहेको छ ।
संस्थाले नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाइएको पौडेलले बताए ।
‘संस्थाले नेपालभर सातवटै प्रदेशका १५ वटा जिल्लाहरुमा आफ्नो सेवा विस्तारका लागि नेपाल सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी ३ वर्ष भित्र सहकारीमार्फत् २० लाख व्यक्तिहरुमा विद्युतीय कारोबार सेवाको पहुँच पु¥याउने लक्ष लिएको छ,’ उनले बताए ।
शाखाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सानो सानो लगानी संकलन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्न समृद्धिका लागि सहायकसिद्ध हुने बताए ।
बखानसिंह गुरुङले नेपालमा सहकारी अभियान सुरु गरेको स्मरण गर्दैै उनले प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइरालाले इजरायलसँग सम्बन्ध विस्तार गरेर सहकारीलाई थप उचाइमा पु¥याएको बताए ।
सहकारीलाई थप व्यवस्थित बनाउन गण्डकी सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलले भनाइ राखे । उनले गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रमलाई विशेष महत्व दिएको पनि उल्लेख गरे ।
संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको अध्यक्षतामामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोइराला, नेफ्सकुन सञ्चालक कमला गिरी, संविधान सभा सदस्य प्रकाश पौडेल, संस्थाका सचिव राजेन्द्र पौडेल, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष सहकारी अभियन्ता रविरमण तिवारी लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




