बढ्याे सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असार २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० असार । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा २०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

महासंघका अनुसार चाँदीको मूल्यमा १५ रुपैयाँले बृद्धि भएको छ । शुक्रबार १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको छ ।